उदयपुरका थप एक जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ११० पुग्यो
वि.सं.२०७७ वैशाख २८ आइतवार १०:३५
8.01K
shares
shares

काठमाडौँ ।
आज पुनः एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले उदयपुर, भुल्केका ४३ वर्षीय महिलामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार ती महिलाको विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षणका क्रममा सङ्क्रमण देखिएको हो ।
योसँगै नेपालमा ११० जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उहाँले जानकारी दिनुभयो ।































