नेतन्याहु–गान्ज गठबन्धन सरकारद्वारा सपथ ग्रहण

9.24K
shares

जेरूसेलम।

इजरायलमा लगभग एक वर्षको अन्तरालमा तीन पटक भएको निर्वाचनपछि पनि कुनै दललाई स्पष्ट बहुमत नमिलेपछि बनेको नयाँ गठबन्धन सरकारले आइतबार शपथ ग्रहण गरेको छ । अप्रिलमा इजरायलको सबैभन्दा लामो समयका लागि कार्यरत प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उहाँको दक्षिणपन्थी लिकुड पार्टीले मध्यपन्थी ब्लु एण्ड ह्वाइट पार्टीबीच गठबन्धनका लागि सहमति बनेको थियो ।

इजरायलको इतिहासमा ३५ औँ प्रधानमन्त्रीका रूपमा नेतन्याहुले शुरूका १८ महिना सरकारको नेतृत्व गर्नुहुनेछ । बाँकी समयका लागि सैनिक पृष्ठभूमिबाट राजनीतिमा आउनुभएका गान्जले नेतृत्व गर्ने सहमति भएको छ । इजरायली राजनीतिमा सत्ता समीकरणका लागि यस किसिमको सहकार्य पहिलो प्रयोग हो ।

गत बिहीबार नै सरकारले सपथ लिने तयारी गरिएको भएपनि सत्ता समीकरणलाई लिएर लिकुड पार्टीभित्र देखिएको आन्तिरिक द्वन्द्वका कारण आइतबार मात्र सपथ कार्यक्रम सम्पन्न भउको हो ।

सरकारमा धेरै मन्त्री राखिएको भन्दै व्यापक विरोध र आलोचना भएपनि सरकारका मन्त्रीहरूले आफ्नो कार्यभार सुरू गरेका हुन् । कोरोना भाइरसका कारण सङ्कटग्रस्त अर्थतन्त्रमा धेरै मन्त्रीहरूको भार राज्यलाई बोकाइएको भन्दै आलोचकहरूले सरकार गठनदेखि नै विरोध जनाएका हुन् ।

राष्ट्रवादी नारा लिएर निर्वाचनमा गएको गान्जको दलको सरकारमा पहिलो पटक उपस्थिति रहेको छ । प्रधानमन्त्री नेतन्याहुले भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै गान्जले नेतन्याहुको व्यापक आलोचनासहित निर्वाचनमा गएपनि अहिले उहाँसँगै सत्तामा जाने निर्णय लिएकाृ भन्दै गान्जलाई पनि आलोचना गरिएको छ ।


divya collage
unigloble collage