वि.सं.२०७७ जेठ ५ सोमवार १०:३७

काठमाडौं ।नेपालमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार राैटहट, राजपुर नगरपालिका ९ निवासी १८, ३२, ३६,३९, ३९, ४२ र ४८ वर्षका ७ जना पुरुष र राैटहट, इशनाथ नगरपालिका निवासी २८, ३०, ३३ वर्षका पुरूषमा कोरोना संकमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ ।