चीनले अमेरिकी भटमासको आयात रोक्दै

5.71K
shares

काठमाडौं । चीनले आफ्नो स्वामित्वका फर्महरुलाई अमेरिकाबाट भटमासको आयात रोक्नका लागि आदेश दिएको छ । बेइजिङलाई सन्देश दिन अमेरिकालेले हङकङलाई दिँदै आएको विशेष सहुलियत रोक्ने निर्णय गरेपछि चीनको तर्फबाट यस्तो कदम आएको एजेन्सीहरुले जनाएका छन् ।

चीनले आफ्ना राज्य स्वामित्वका फर्मलाई अमेरिकाबाट भटमास तथा पोर्कको आयात रोक्नका लागि निर्देशन गरेको हो । स्रोतका अनुसार अमेरिकाबाट ठूलो परिमाणमा आयात गर्ने भनिएको मकै र कपास पनि रोकिएको छ ।

चीनप्रति अमेरिका दिनानुदिन आक्रामक बन्दै गए चीनले अतिरिक्त अमेरिकी कृषि सामग्रीमा रोक लगाउन सक्ने समाचारहरु आइरहेका छन् । स्रोतका अनुसार चीनले राज्य स्वामित्वका प्रमुख फर्महरुलाई प्रमुख अमेरिकी उत्पादन भटमास र पोर्कको विशाल खरिद रोक्न आदेश दिएको छ । यसलाई हङकङमा अमेरिकाले चालेको कदमको जवाफको रुपमा लिइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो प्रशासनलाई हङकङलाई दिँइदै आएको विशेष व्यवहार अन्त्य गर्न निर्देशन दिएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083