विश्वभर कोरोनाबाट ७८ लाख संक्रमित,४० लाखभन्दा बढी निको
वि.सं.२०७७ जेठ ३२ आइतवार १४:०५
shares

काठमाडौं । विश्वभर कोरोना भाइरस(कोभिड-१९) सङ्क्रमित दर बढिरहेसँगै निको हुने दर पनि बढिरहेको छ । अहिलेसम्म विश्वभर कोरोना संक्रमित संख्या ७८ लाख ५९ हजार नाघेको छ । शनिबार मात्रै विश्वभर १ लाख २८ हजार नयाँ संक्रमित थपिएका छन् ।
कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म विश्वमा ४ लाख ३२ हजारभन्दा बढीको मृत्यु भइसकेको वर्ल्डोमिटर्सले जनाएको छ । शनिबार मात्रै विश्वभर कोरोनाबाट ४ हजार ३९ जनाको मृत्यु भएको छ ।
तर मृत्यु हुनेको तुलनामा निको हुने दर तीव्र रूपले बढिरहेको छ । विश्वभर सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म ५१ प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १ लाख ७८० जना संक्रमुक्त भएको वर्डोमिटर्सको तथ्यांकले देखाएको छ ।
अहिलेसम्म कोरोनाभाइरसलाई जितेर घर फर्कनेको संख्या ४० लाख हजार ३५ नाघेको छ । सबैभन्दा धेरै संक्रमित तथा मृत्यु संख्या र निको हुनेको संख्या अमेरिकामा रहेका छन् । अहिलेसम्म त्यहाँ २१ लाख ४२ हजारभन्दा बढी मानिस संक्रमित हुँदा ८ लाख ५४ हजारभन्दा बढी निको भएका छन् । तर १ लाख १७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।































