पर्सामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

5.85K
shares

पर्सा । पर्सामा थप १७ जनामा कोरोना संक्रमण भेटिएको छ । आइतबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा ३ महिलासहित १४ पुरुष गरी १७ जना रहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका बताए । थपिएका संक्रमितमा पर्साको पोखरियाका १० जना रहेका छन् ।

विन्दवासनी गाउँपालिकाको झौवा क्वारेन्टाइनका २ जना, जिराभवानीरधोबनी गाउँपालिकाका १/१ जना, पर्सागढी नगरपालिकाको एक जना र पटेर्वासुगौली गाउँपालिकाको क्वारेन्टाइनका २ जना रहेका छन् ।

संक्रमित सबै हालसालै भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेकाहरू हुन् । भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएकाहरुको थ्रोट स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक जयमोद ठाकुरले बताए ।

संक्रमितहरु २० वर्षदेखि ४५ वर्ष उमेर समूहका रहेका छन् । गत जेठ २४ मा उनीहरुको स्वाब संकलन गरिएको थियो । उनीहरू सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083