‘रक’ सबैभन्दा धनी रेसलर ( शीर्ष १० रेसलरहरु सूचीसहित)

11.52K
shares

(एजेन्सी) । ड्वाएन डगलस जोनसनलाई वल्र्ड रेस्लिङ इन्टररटेनमेन्ट (डब्ल्यूडब्ल्यूई) को रिंगमा ‘ द रक’ नामले बढी चिनिन्छ । उनी सर्वाधिक कमाउने विश्वका रेसलरमा सबैभन्दा धनी रहेको द सनले जनाएको छ । उनको कमाईको अगाडि अन्य रेसलर निकै पछाडि छन् ।

उनको सम्पत्ति २ सय मिलियन पाउन्ड भन्दा बढी रहेको जनाएको छ । जबकी दोस्रो स्थानमा रहेका जोन सेनाको ४३ मिलियन र तेस्रो स्थानमा रहेका स्टिभ अस्टिनको ३५ मिलियन पाउन्ड सम्पत्ति रहेको छ ।

मेन्स हेल्थको अनुसार रकको सम्पत्ति करिब १ सय ७२ मिलियन पाउन्ड रहेको छ । जबकी द एक्सप्रेसले उनको सम्पत्ति २ सय ४४ मिलियन पाउन्ड रहेको दावी गरेको छ । उनी रिंगमा डब्ल्यूडब्ल्यूएफ/डब्ल्यूडब्ल्यूईमा आठ पटकका विश्व विजेता हुन् ।

त्यस्तै उनले डब्ल्यूसीडब्ल्यू र डब्ल्यूडब्ल्यूएफ अन्तरउपमहाद्विपीय च्याम्पियनसिप २/२ पटक तथा डब्ल्यूडब्ल्यूएफ टाग टिम ५ पटक विजेता बन्न सफल भएका छन् ।

विश्वमा करोडौ फ्यान बनाएका रकले रेस्लिङका साथै हलिउड सिनेमा पनि सफल करियर बनाएका छन् । उनलाई द फास्ट, द फ्युरिस फ्रान्चाइज र जुमानजी जस्ता सिनेमाले बक्सअफिसका प्रिय कलाकार सोथ बनाएका छन् । उनले पहिलो फिलिम द स्कोरपिन किंगमा खेल्दा ३.५ मिलियन पाउन्ड पाएका थिए । डेब्युमा यतिका रकम लिएर उनले कीर्तिमान रचेका थिए ।

विश्वका शीर्ष १० रेसलरहरु

१. ड्वाएन जोनसन (रक)—२ सय मिलियन पाउन्ड भन्दा बढी

२. जोन सेना—४३ मिलियन पाउन्ड

३. स्टिभ अस्टिन—३५.२ मिलियन पाउन्ड

४. ट्रीपल एच—३१.३ मिलियन पाउन्ड

५. हल्क होगान —२० मिलियन पाउन्ड

६. कुर्ट एंगल—१९ मिलियन पाउन्ड

७. ब्रोक लेस्नार —१९ मिलियन पाउन्ड

८. बिग शो—१५.५ मिलियन पाउन्ड

९. क्रिस जेरिको —१३.९ मिलियन पाउन्ड

१०. माइक फोली—११.६ मिलियन पाउन्ड


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083