ट्रम्पले चुनाव जित्न चीनसँग मद्दत मागेको खुलासा

7.98K
shares

वासिङ्टन,एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० मा हुन गइरहेको राष्ट्रपति चुनावमा जित्नका लागि चीनका राष्ट्रपति सी जिनपिंगसँग मद्दत मागेको खुलासा भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पका पुर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बाल्टनले आफनो किताबमा ट्रम्प र चीनको सम्बन्धलाई लिएर उक्त दावी गरेको बताइएको छ ।

उनले किताबमा राष्ट्रपति चुनावमा जित्न चीनका राष्ट्रपति सी जिनपिंगसँग मद्दत मागेको भनेका छन् । हाल प्रकाशित हुन बाँकी उक्त पुस्तकको केही अंश द वाल स्ट्रिट जर्नल, द वासिङ्टन पोस्ट र द न्युयोर्क टाइम्सले छोपेको हो ।

गत बर्ष जुनमा जापानको ओसाकामा आयोजित जी २० शिखर सम्मेलनका क्रममा ट्रम्पले सीसँगको भेटमा अमेरिकी राष्ट्रपति चुनावका बारेमा कुरा उठाएको प्रसंग बाल्टनले दावी गरेको छ । ट्रम्पले चीनको आर्थिक क्षमता यसतो छ कि त्यसले अमेरिकी राष्ट्रपति चुनाव प्रचार अभियानमा असर पार्न सक्छ, भनेका थिए ।

ट्रम्पले सीसँग आफुलाई जिताउन अपिल गरेको पनि बोल्टनले लेखेका छन् ।ट्रम्पले अमेरिकाका किसानको महत्वमा जोड दिएको र कसरी चीनले भटमास र गहँु खरिद गरी अमेरिकाको राष्ट्रपति चुनावमा असर पार्न सक्छ भन्ने विषयमा बताएको बोल्टनले उल्लेख गरेका छन् ।

ट्रम्पले चीनसँगको ब्यापार युद्ध अन्त्य गर्न र पश्चिम चीनमा उइगुर मुस्लिमका लागि कन्सन्ट्रेसन क्याम्प बनाउन समेत भनेको बोल्टनले दावी गरेका छन् ।तर बुधबार मात्रै अमेरिकाले उइगुर मुस्लिम विरुद्ध चीनमा भइरहेको कारवाहीलाई लिएर चीनलाई सजायँ दिने विधेयक पारीत गरेको छ ।

यस अन्तरगत उइगुर मुस्लिमहरुमाथि निगरानी राख्ने र उनीहरुलाई डिटेन्सन सेन्टरमा हाल्ने अधिकारीहरुमाथि प्रतिबन्ध लगाइने छ । यस मुद्दामा चीन विरुद्ध कुनै देशले उठाएको यो सबैभन्दा कडा कदम मानिएको छ ।


divya collage
unigloble collage