भारतमा कोरानाबाट मृत्यु हुनेको संख्या १२ हजार नाघ्यो
वि.सं.२०७७ असार ४ बिहीवार ११:५७
9.07K
shares
shares

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतम कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १२ हजार २३७ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ३३४ जनाको मृत्यु भएको हो ।
त्यस्तै अहिलेसम्म भारतमा समग्र संक्रमितको संख्या पनि तीन लाख ६६ हजार ९४६ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १२ हजार ८८१ नयाँ संक्रमित थपिएका हुन् ।





















