सैनिक हेलिकप्टर दुर्घटना : दुई जनाको मृत्यु
वि.सं.२०७७ साउन ५ सोमवार १६:१५
15.56K
shares
shares

File photo
दी हेग, एएफपी। नेदरल्याण्ड्सको रक्षा मन्त्रालयले क्यारेबियनको आरुबाबाट उडेको एउटा सैनिक हेलिकप्टर समुद्रमा खसेको जनाएको छ । उड्नासाथ भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मन्त्रालयले उक्त हेलिकप्टर आरुबाबाट आइतबार अपराह्न छिमेकी द्वीप कुराकाओका लागि उडेको जनाएको छ ।
आरुबा नेदरल्याण्ड्सको स्वामित्वमा रहेको क्यारेबियन द्वीप हो ।
डच सेनाका प्रमुख रब बाउरले हेलिकप्टरमा सवार चार जनामध्ये दुई जनाको मृत्यु भएको र दुई जना सकुशल रहेको जानकारी दिए ।
हेलिकप्टर दुर्घटनाको कारण भने अझै खुलेको छैन ।
डच सैनिकहरुले हेलिकप्टरको ब्लाक बक्स खोजी कार्य शुरु गरेका छन् ।
सेना प्रमुख बाउरले दुर्घटनाका सम्बन्धमा छानबिन शुरु भइसकेको जानकारी दिएका छन् ।


















