गोदावारी नगरपालिकाका प्रशासकीय अधिकृत घूससहित पक्राउ
वि.सं.२०७७ साउन ५ सोमवार १६:२२
7.25K
shares
shares

File photo
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरको गोदावरी नगरपालिकाका दुई कर्मचारीलाई घूससहित पक्राउ गरेको छ ।
विकास निर्माणको कामको भुक्तानीका क्रममा घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारबाट खटिएको टोलीले जैशी र मोक्तानलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
“एक लाख ५० हजार रुपैयाँ घूससहित दुईजना पक्राउ परेका छन्,’’ उनले भने, ‘‘थप अनुसन्धान जारी छ । कार्यालयमा ल्याइसकेपछि थप विवरण खुल्ला ।”

















