वैकल्पिक ऊर्जा प्रवर्दन केन्द्रका कार्यकारी प्रमुख नियुक्ती प्रकृया सुरु, यी हुन् प्रतिस्पर्धी

9.35K
shares

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय अन्र्तगतको वैकल्पीक ऊर्जा प्रवर्दन केन्द्रको प्रमुख नियुक्ती प्रकृया सुरु भएको छ ।

वैकल्पिक ऊर्जा विकास समितिको मंगलबार बसेको बोर्ड बैठकले केन्द्रको कार्यकारी प्रमुख नियुक्ती प्रकृया थाल्ने सम्बन्धी निर्णय गरेको केन्द्रका निमित्त कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए । ऊर्जामन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बोर्ड बैठकले कार्यकारी प्रमुख नियुक्तीका लागि सिफारिस समिति गठन गरेको छ ।

तीन सदस्यीय सिफारिस समितिमा योजना आयोगका ऊर्जा मन्त्रालय हेर्ने सचिव कृष्ण प्रसाद ओली संयोजक र मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, र विज्ञका रुपमा बोर्डले नियुक्त गरेका पूर्व सचिव रणबहादुर श्रेष्ठ सदस्य रहेका छन् । पदपुर्तीका लागि बोर्डले सिफारिस समिति बनाउने व्यवस्था छ । सिफारिस समितिले रिपोर्ट दिएसँगै विकास समितिले निर्णय गरेपछि वैकल्पिक ऊर्जा प्रवर्दन बोर्डले कार्यकारी प्रमुख पाउने छ ।

कार्यकारी प्रमुखका लागि दर्जन हाराहारीमा आकाँक्षीहरु प्रतिस्पर्धामा देखिएको मन्त्रालय श्रोतले जानकारी दियो । जसमा निमित्त कार्यकारी निर्देशक नवराज ढकाल, बलभद्र पराजुली, मधुसुधन अधिकारी, भर्खरै अवकाश भएका रामप्रसाद धिताल लगायत छन् । जसमध्ये ढकाल र अधिकारीलाई पूर्व एमाले सम्बद्ध नेताहरुको समेत समर्थन रहेको छ श्रोतको दावी छ ।