भाटभटेनी सुपर मार्केटबाट दुधजन्य वस्तु विक्रीवितरण नगर्न निर्देशन

5.14K
shares

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार महाराजगंजस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दुधजन्य खाद्य बस्तु बिक्रीवितरण नगर्न निर्देशन दिएको छ । भाटभटेनी सुपर मार्केटबाट विक्री हुने दूधजन्य खाद्य बस्तु गुणस्तरहिन भएको पाइएपछि त्यसलाई रोक लगाइएको विभागका महानिर्देशक संजीवकुमार कर्णले जानकारी दिए ।

तिहारमा अत्याधिक बिक्री वितरण हुने काठमाडौंको मिठाई पसल अनुगमनको कामलाई तीब्रता दिँदै आएको विभागले बुधबार अत्याधिक बिक्री वितरण हुने महाराजगंजस्थित भाटभटेनी सुपरमार्केटको खाद्य स्टोरको खाद्य बस्तुको पनि परिक्षण गरेको हो । परिक्षणमा दूधजन्य बस्तु गुणस्तरहिन पाइएको थियो ।

यसैगरी विभागले बुधबार तीन वटा मिठाई पसलमा पनि अनुगमन गरेको छ । महाराजगंजस्थित टिपटप मिठाई पसल र गौशालास्थित अन्नपूर्ण मिठाई भण्डार र व्यञ्जन मिष्ठान भण्डारको पनि अनुगमन गरेको हो । अनुगमनका क्रममा तीन वटै मिठाई पसलमा तेलको गुणस्तरमा सुधार गर्न सचेत गराइएको छ ।


unigloble collage
baneshwor multiple campus ad -2083