कोलम्बो प्रोसेसको बैठक काठमाडौंमा हुने

Nepal Life Insurance Long Ad

काठमाडौं । वैदेशिक रोजगारीमा कामदार पठाउने राष्ट्रहरुको साझा मञ्च कोलम्बो प्रोसेसको छैटौँ बैठक काठमाडौंमा हुने भएको छ। नेपालको अध्यक्षतामा हुने कोलम्बो प्रोसेसको बैठक यही कात्तिक २९ र ३० गते हुने श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो।

कोलम्बो प्रोसेस बैठकमा कामदार वैदेशिक रोजगारीमा पठाउने नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, इन्डोनेशिया, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनाम गरेर १२ वटा देशहरु संलग्न हुने छन्। बैठकको लागि १२ देशका मन्त्री र उच्च अधिकारीको समेत उपस्थिति हुने कार्यक्रम रहेको छ।

नेपाल २९ मार्च २०१७ देखि कोलम्बो प्रोसेसको अध्यक्ष राष्ट्रका रुपमा रहँदै आएको छ । कोलम्बो प्रोसेसलाई संयुक्त राष्ट्रसंघ अन्तरर्गतको अन्तर्राष्ट्रिय आप्रवासन संगठन आइओएमले समेत सहयोग गर्दै आइरहेको श्रम सचिव महेश दाहालले जानकारी दिए। सचिव दाहालले कोलम्बो प्रोसेसबाट नै वैदेशिक रोजगारमा जाने श्रमिकको हकहितका सम्बन्धमा थप महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले कोलम्बो प्रोसेसमा स्वीस एजेन्सी एसडीसी आबुधाबी र आइओमले पनि आर्थिक सहयोग गर्दै आएको बताए। वैदेशिक रोजगारमा कामदार पठाउने एसियाका स्रोत मुलुकहरुको सन् २००३ मा श्रीलंकामा आयोजना भएको श्रम आप्रवासन मन्त्रालय स्तरीय परामर्श कार्यक्रमको परिणाम स्वरुप कोलम्बो प्रोसेस स्थापना भएको हो। कोलम्बो प्रोसेस बैठकमा अन्तर्राष्ट्रिय आप्रवासन र सम्झौतामा आधारित श्रमका विषयमा सम्बन्धित मुलुकबीच छलफल हुँदै आएको छ ।

कोलम्बो प्रोसेसमा एसियाका स्रोत मुलुकहरुबीच वैदेशिक रोजगारीमा पठाउने मुलुकहरुले भोग्नुपरेका समस्याका विषयमा र समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा सझा प्रस्ताव तयार पार्न गन्तव्य मुलुकसँगको संवाद प्रभावकारी बनाउन लगायतका विषयमा छलफल हुने गरेका छन्। त्यसैगरी सदस्य राष्ट्रहरुबीच क्षमता विकास, तथ्यांक संकलन आपसी सहकार्य, श्रमिक हकहित लगायतका विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।


प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

२०८१ फागुन ८ बिहीवार

काठमाडौ ।   अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले KIIT...

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

२०८१ माघ २९ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय...

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०८१ माघ २८ सोमवार

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक...

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

२०८१ माघ २० आइतवार

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

२०८१ मंसिर ८ शनिवार

रुपन्देही ।  गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा सन्चालन अन्तरक्रिया...