चिनियाँ पर्यटनमन्त्री काठमाडौंमा, तीन महिनाभित्र चीनमा थप हवाइ उडान

Nepal Life Insurance Long Ad

काठमाडौं । चीनका संस्कृति तथा पर्यटन मन्त्री लुओ सुगाङ काठमाडौं आएका छन् ।

मन्त्री सुगाङसहितको प्रतिनिधिमण्डललाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले मंगलबार मन्त्रालयमा भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल र चीनबीच थप हवाई उडान गर्ने सहमति भएको छ । आउँदो फेब्रुअरी महिनासम्म हवाइ उडान सुभारम्भ हुने गरी सहमति भएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए ।

दुई मन्त्रीहरुबीच नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपाल र चीनका प्रधानमन्त्रीबीच भएको सहमतिअनुसार चीनले सहयोग गर्ने सहमति पनि भएको छ । त्यस्तै नुवाकोटको दरबारको पुनर्निर्माणमा पनि चीन सरकारले सहयोग गर्ने सहमति भएको मन्त्री अधिकारीले जानकारी दिए । भेटका क्रममा चिनियाँ मन्त्रीले भूकम्पबाट क्षतिग्रस्त भएका पाँचवटा सम्पदा क्षेत्र पुनर्निर्माण सकिएर खुला भएकोमा खुशी व्यक्त गरेका छन् ।

ग्रेट हिमालयन ट्रेल प्रवर्द्धन कार्यक्रममार्फत २०२० मा सगरमाथा, ल्होत्से, मकालु र चोयुको संयुक्त प्रबद्र्धन गर्ने पनि दुई मन्त्रीहरुबीच सहमति भएको छ । यस अनुसार यी हिमालहरु एउटा देशबाट आरोहण गरी अर्कोतिर ओर्लिने व्यवस्था मिलाउने पनि सहमति भएको छ । मन्त्री अधिकारीले चिनियाँ समकक्षीसँगको भेटबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।


प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

२०८१ फागुन ८ बिहीवार

काठमाडौ ।   अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले KIIT...

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

२०८१ माघ २९ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय...

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०८१ माघ २८ सोमवार

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक...

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

२०८१ माघ २० आइतवार

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

२०८१ मंसिर ८ शनिवार

रुपन्देही ।  गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा सन्चालन अन्तरक्रिया...