आयोगको नयाँ कानुनः संघीय सरकार र सेवाका सबै परीक्षा लोकसेवाबाटै

Nepal Life Insurance Long Ad

काठमाडौं । केन्द्रीय लोकसेवा आयोगले दुई वर्षअघि सरकारसमक्ष पठाएको लोकसेवा आयोग विधेयक सरकारले स्वीकृत गर्दै संसद्मा दर्ता गर्ने निर्णय गरेको छ । पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोग ऐन २०७५ को नयाँ विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेसँगै आयोगको नयाँ कानुन निर्माणको बाटो खुला भएको हो ।

सो अनुसार संघीय सरकारअन्तर्गतका सबै निकायको परीक्षा केन्द्रिय लोकसेवाले गर्ने छ । तर, प्रदेश र स्थानीय तहका सबै निकायको परीक्षा भने प्रदेश लोकसेवा आयोगले गर्नेगरी प्रदेश लोकसेवा कानुनको गृहकार्य पनि अघि बढाइएको छ । नयाँ संविधानमा लोकसेवा आयोगको क्षेत्राधिकार वृद्धि गरिएको छ ।

लोकसेवाका प्रस्तावअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले लोकसेवाको नयाँ कानुन बनाउने प्रक्रिया थालेको हो । हालसम्म नयाँ संविधानअनुसारको नयाँ कानुन बन्न नसक्दा लोकसेवा पुरानै कानुनअनुरुप काम गर्न बाध्य छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव रमेश ढकालले संसद्को आगामी हिउँदे अधिवेशनमा लोकसेवा विधेयक पेश गरिने जानकारी दिए ।

नेपालको संविधान २०७२ ले लोकसेवा आयोगको जिम्मेवारीमा भारी वृद्धि गरिदिएपछि आयोगले सोही अनुसारको जिम्मेवारी बहन गर्ने उद्देश्यसाथ लोकसेवा आयोग विधेयक बनाएर सरकारसमक्ष पठाएको थियो । नेपालको संविधानको धारा २४३ को उपधारा २ मा निजामती सेवाको पदबाहेक नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, अन्य संघीय सरकारी सेवा र संगठित संस्थाको पदमा पदपूर्तिका लागि लोकसेवा आयोगले लिखित परीक्षा सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

यसअघि भने लोकसेवा आयोगले निजामतीका लागि परीक्षा सञ्चालन गरि सिफारिस गर्दै आइररहेको थियो भने प्रहरीका लागि लिखित परीक्षा मात्रै सञ्चालन गर्दै आएको थियो । तर, नेपालको संविधान २०७२ ले लोकसेवा आयोगको भूमिकामा भारी वृद्धि गर्दै नेपाली सेना, शसस्त्र प्रहरी, अन्य संघीय सरकारी सेवा र संगठित संस्थाका पदमा समेत पदपूर्तिका लागि लिखित परीक्षा सञ्चालन गर्नेगरी जिम्मेवारी थपिदिएपछि आयोगले त्यसअनुसार नै परीक्षा सञ्चालन गर्दै आएको छ ।

प्रस्तावित विधेयकमा के छ ?

प्रस्तावित नयाँ विधेयकमा संघीय निजामती सेवा, अन्य संघीय सरकारी सेवा तथा संगठित संस्थाको सेवाको पदमा उपयुक्त उम्मेदवार छनोट गर्ने उल्लेख छ । प्रस्तावित विधेयकमा संघीय निजामती सेवा वाहेकका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी वल, र संघीय कानुनद्वारा गठन गरिएका नेपाल सरकारका सवै सेवाका लागि लोकसेवा आयोगले नै कर्मचारी छनोटका लागि परीक्षा सञ्चालन गर्ने उल्लेख छ ।

विधेयकमा शैक्षिक योग्यता र पाठ्यक्रम निर्धारण, उम्मेदवार छनोट तरीका, पदपूर्ति गर्ने तरीका, प्रश्नपत्र निर्माण र परीक्षा सञ्चालनसम्बन्धी व्यवस्था, विभिन्न निकायबाट आयोगको परामर्श लि“दा अपनाउनुपर्ने कार्यविधि, आयोगले परामर्श दिँदा अपनाउनुपर्ने कार्यविधिलगायतबारे उल्लेख गरिएको छ ।


प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

२०८१ फागुन ८ बिहीवार

काठमाडौ ।   अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले KIIT...

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

२०८१ माघ २९ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय...

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०८१ माघ २८ सोमवार

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक...

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

२०८१ माघ २० आइतवार

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

२०८१ मंसिर ८ शनिवार

रुपन्देही ।  गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा सन्चालन अन्तरक्रिया...