जनताको ‘खुन र पसिना’बाट आएको रकमको खेलवाड नगर्न राष्ट्रपति ‘भण्डारी’लाई सुझाव

4.47K
shares

बारा । सधारण र साधकी जीवन जिउन राष्ट्रपति भण्डारीलाई सुझाव दिइएको छ । आफ्नै गृह जिल्लाका कार्यकर्ताहरुसँग भेटघाट गर्ने उद्देश्यले बारा पुगेका नेपाली कांग्रेस पूर्व सांसद एवम् पूर्व मूख्य सचिव डा. शोभाकर पराजुलीले पत्रकारहरु संँगको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीको निवास,गाडी, जिवनशैली सधारण एवम साधकीपूर्ण जिवन जिउन सुझाव दिइएका हुन् ।

सरकारले राष्ट्रपतिको गाडी, निवासलाई भडकिलो नबनाई गरिब, असहाय, निमुखाका छोराछोरीहरुको लालनपालन र पठाईमा तथा सो बर्गका व्यक्तिहरु जो पैसाको अभावमा रोग लाग्दा पनि प्रभावकारी रुपमा उपचार गराउन पाएको छैन त्यस्ता व्यक्तिहरुमा रकम खर्च गर्दा सुनमा सुगन्ध थपिने डा. पराजुलीको कथन थियो ।

उनले नेपाली जनताको खुन र पसिनाबाट आएको रकमको खेलवाड नगर्न सरकारका मन्त्रिहरुलाई आग्रह गरे। सरकारले १८ करोडको गाडी खरिद गरेर भड्किलो आवासको प्रबन्ध मिलाएकोमा आपति जनाए। राष्ट्रपतिको निवास, गाडी र जीनवशैली निकै भडकिलो हुनु नेपाली जनताका लागि र्दुभाग्य रहेको उनले बताए ।


Mitsubishi Long Ad