अभियानमा रेखा थापा जोडिएपछि कांग्रेसका सांसद रुष्ट
वि.सं.२०७५ मंसिर १२ बुधवार १६:२७
shares

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा नायिका रेखा थापालाई संलग्न गराएका भन्दै नेपाली कांग्रेसका सांसदहरुले विरोध जनाएका छन् । प्रदेशसभाको शून्य समयमा बोल्दै कांग्रेस सांसद शिवचन्द्र चौधरीले बेटी पढाउ बेटी बचाउ अभियानमा नायिका थापालाई जोड्नु दुर्भाग्यपूर्ण भएको बताए।
अभियान प्रदेशको हो कि मुख्यमन्त्री लालबाबु राउतको निजी अभियान हो ? प्रश्न गर्दै चौधरीले भने। उनले अभियानमा मधेसमुलकी नायिकालाई सहभागी गराउन सरकारसँग आग्रह गरे। बैठकमा काग्रेश सांसद नरेश यादवले पनि मधेसकै कलाकारहरुलाई सामेल गर्न आग्रह गरे। कांग्रेसकी सांसद सरस्वती चौधरीले समेत नायिका थापालाई अभियानमा संलग्न गराउन नमिल्ने बताए।
बैठकमा राजपकी सांसद सुरिता साहले बेटी पढाउ बेटी बचाउ अभियानमा महिला संसदलाई समेत सामेल गराउन आग्रह गरे। नेकपाकी सांसद ज्वाला साहले भने प्रदेशमा उक्त अभियानको बजेटमा अनियमितता भइरहेको भन्दै सरकारलाई सचेत गराए। रासस




























