वैज्ञानिक अध्ययन भन्छः नेपालमा फेरी ८.५ म्याग्नेच्युडको भूकम्प जाने जोखिम, सचेत हुन आग्रह

4.75K
shares

एजेन्सी काठमाडौं । भारत प्रत्येक हप्ता करिब एक मिलिमिटर उत्तरतर्फ बे‌इजिङ्गतिर ढल्किरहेको छ। यसको परिणामस्वरुप हिमालय क्षेत्रको करिब दुई तिहाइ भागमा केही न केही हुनुपर्ने समय आइसकेको छ। भारतीय वैज्ञानिकहरुको एक अध्ययनले नेपालसहितको हिमालय क्षेत्र इतिहासकै सबैभन्दा ठूलो भूकम्पको जोखिममा रहेको औंल्याएको छ।

जवाहरलाल नेहरु सेन्टर फर एड्भान्स साइन्टिफिक रिर्सचका लागि भूगर्वविद् सीपी राजेन्द्रले नेतृत्व गरेको अनुसन्धानले निकट भविष्यमा यो क्षेत्रमा ठूलो भूकम्प जान सक्ने उल्लेख गरेको हो। दक्षिण एशियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८.५ म्याग्निच्युडको भूकम्प जान सक्छ’, बेंग्लोर आधारित संस्थाको जियोलोजिकल जर्नलमा प्रकाशित लेखमा भनिएको छ। नेपालको सुदूर पश्चिमको हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रको तथ्यांकआधारित भएर गरिएको अध्ययनले यस्तो देखाएको हो।

जियोलोजिकल सर्भे अफ इन्डियासँग भएको भूबनोटको तथ्यांक तथा त्यसको संरचनागत नक्सा, गुगल अर्थ तथा भारतीय स्पेस एजेन्सी आईएसआरओले भूउपग्रहबाट खिचेका तस्विरको सहयोगमा अनुसन्धान सञ्चालन भएको थियो।

भूकम्पको पछिल्ला प्रवृत्तिबारे अनुसन्धान गरिरहेका अमेरिकाको युनिभर्सिटी अफ कोलोराडोका भूगर्भविद् प्राध्यापक रोजर विल्हमले भारतीय वैज्ञानिकको यो अनुसन्धान तथ्यपरक रहेको दाबी गरेका छन्। ‘हिमालय क्षेत्रमा ८.५ म्याग्नेच्युडको भूकम्प जाने खतरा छ भन्ने उनीहरुको निष्कर्षमा कुनै शंकै छैन। मेरो आफ्नै अध्ययनले केही अघि पूर्वी अल्मोडादेखि नेपालसम्म ८.७ म्याग्नेच्युडको भूकम्प जान सक्ने देखाएको थियो।’

सन् २०१५ मा नेपालको गोर्खा केन्द्रविन्दू भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। हिमाली भूकम्पहरुको इतिहास अध्ययन गरेका विल्हमले त्यसपछि सो भूकम्प हिमाली क्षेत्रको सबैभन्दा विनाशकारी नभएको उल्लेख गरेका थिए। ‘सबैभन्दा बढी विनाशकारी हुने अनमान गरिएको भूकम्पबाट चाहिँ १० लाखसम्म मानिसको ज्यान सक्छ’, उनले भनेका छन्, ‘सरकारहरूले यस्तो विपत्तिको रोकथाम गर्न चाँडै नै भवनहरूलाई बलियो तुल्याउनुपर्छ। गोर्खा भूकम्पबाट नेपालमा करिब ९ हजार मानिसको ज्यान गुमाएका थिए।

हिमालय क्षेत्रमा गएका ठूल्ठूला भूकम्पहरू डर लाग्दा स्तरका छन्। १०० वर्ष अघि भारतमा गएको एउटा भूकम्पमा २० हजार मानिसहरू मरेका थिए। सन् २०१५ मा भूकम्पको मारमा परेको क्षेत्रमा झण्डै ५०० वर्ष अघि त्यत्तिकै शक्तिशाली भूकम्प गएको थियो। अब जाने भूकम्प त्योभन्दा १० गुणा बढी शक्तिशाली हुनसक्छु, उनले भनेका छन्।

यसको सामान्य कारण भारत प्रत्येक हप्ता करिब एक मिलिमिटर उत्तरतर्फ बे‌इजिङ्गतिर ढल्किरहेको छ। यसको परिणामस्वरुप हिमालय क्षेत्रको करिब दुई तिहाइ भागमा केही न केही हुनुपर्ने समय आइसकेको छ। वास्तवमा ८.६ म्याग्निच्युडका चारवटा भूकम्प गैसक्नुपर्ने होु, उनी भन्छन्।


Mitsubishi Long Ad