एनसेल लाभकर प्रकरणबारे छलफल गर्न बैठक बोलायो लेखा समितिले

वि.सं.२०७५ मंसिर २० बिहीवार १४:४५
3.93K
shares
shares

काठमाडौँ । सार्वजनिक लेखा समितिले एनसेल लाभकरको असुली विवाद ब्यूँताएको छ। बिहिबार बसेको सार्वजनिक लेखा समितिको बैठकले अर्थ मन्त्रालयको राजस्व सचिव र आन्तरिक राजस्व विभागलाई शुक्रबार १२ बजे छलफलका लागि बोलाएको छ।
यसअघि रुपान्तर संसदमा यसबारे छलफल भएता पनि निष्कर्ष टुंगोमा पुगेको थिएन। स्विडिस कम्पनी टेलियाले मलेशियन कम्पनी एक्जियटालाई एनसेल १ खर्ब ४० अर्ब रुपैयाँमा विक्री गरेको थियो। तर सो बिक्री बापतको पूँजीगत लाभकर तिनुपर्ने मा नेपाल भित्रै कारोबार नभएको भन्दै टेलियाले तिर्न नपर्ने अडान राख्दै आएको थियो।