नगरपालिकाद्धारा बस दुर्घटनाका घाइतेका लागि राहत कोष स्थापना

4.91K
shares

डोटी । शिखर नगरपालिका डोटीले डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा यहि मंसिर ६ गते भएको दुर्घटनाका घाइतेहरुको थप उपचारका लागि राहत कोष स्थापना गर्ने निर्णय गरेको छ। बुधबार शिखर नगर कार्यपालिकाको वैठकले दुर्घटनामा परी घाइते भएका शिखर नगरपालिका भित्रका घाइतेहरुको थप उपचारका लागि उक्त निर्णय गरेको शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले बताए।

बुधबार बसेको बैठकमा शिखर नगरभित्रका जन प्रतिनिधिहरुले २ दिनको पाउने सेवा र कर्मचारीहरुले एक दिनको पाउने सेवा बराबरको रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको नगरप्रमुख जोशीले बताए। साथै शिखर नगरपालिका ४ घर भइ हाल अमेरिका बस्दै आएका टेक जोशीले घाइतेका लागि पठाइएको २० हजार रकम गम्भीर घाइते राधिका धामी र महादेव रावतलार्इ दिने निर्णय गरेको उनले बताए।

बस दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए। जस मध्य शिखर नगरपालिका घर भएका ९ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका थिए। दुर्घटनामा परेका घाइतेहरुको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083