तेस्रो लिंगी खुलाएर नागरिकता दिइनुपर्ने माग

4.72K
shares

काठमाडौँ । तेस्रो लिंगीलाई अन्यमा नराखीकन लिंग खुलाएर नागरिकताको प्रमाणपत्र दिइनुपर्ने माग गरिएको छ । राज्य व्यवस्था समितिले शुक्रबार सरोकारवालासँग गरेको छलफलमा यस्तो माग भएको हो । छलफलमा निलहिरा समाजका अध्यक्ष पिंकी गुरुङले अन्यका पछाडि तेस्रो लिंगी पुरुष वा तेस्रो लिंगी महिला वा समलिंगी महिला वा समलिंगी पुरुष उल्लेख गर्नुपर्ने बताए ।

आफूहरुलाई अन्यमा राखी नागरिकता दिँदा विभिन्न समस्या झेल्नुपरेको भन्दै लिंग खुलाएर नागरिकता दिनुपर्ने व्यवस्था गरिनुपर्ने उनको माग थियो । यसैगरी गोर्खा पूर्वसैनिक र उनीहरूका सन्तानलाई राजनीतिक अधिकारसहितको नागरिकता दिनुपर्ने माग गोर्खा पूर्वसैनिक संघका अध्यक्ष कृष्णकुमार राईले राखे । बेलायती सेनामा काम गरेका पूर्वसैनिकहरु त्रिदेशीय सम्झौताबाट त्यहाँ पुगेका कारण राज्यले यसबारे सोच्नुपर्ने उनको भनाई थियो ।

उनले गोर्खा पूर्वसैनिकका सन्तानलाई बंशजको नागरिकता दिनुपर्ने माग पनि गरे । अहिले बेलायतमा २० हजार र हङकङमा ४५ हजार गोर्खा पूर्वसैनिक छन् ।


Mitsubishi Long Ad