हिंसा नियन्त्रणका लागि विद्यालयबाट अभियान थाल्नुपर्छ : उपप्रमुख खड्गी
वि.सं.२०७५ मंसिर २४ सोमवार ११:३८
shares

काठमाडौँ । काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महिला हिंसा नियन्त्रणका लागि प्रत्येक विद्यालयबाट अभियान थाल्नुपर्ने बताउनुभएको छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) र मङ्गलादेवी सिंह प्रतिष्ठानको सहकार्यमा आइतबार यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले हिंसा बोल्ने, हेर्ने र छुने तरिकासमेत भएको हुँदा यसलाई न्यूनीकरण गर्नका लागि विद्यालयस्तरबाट अभियान चलाउन आह्वान गर्नुभयो ।
उपप्रमुख खड्गीले भन्नुभयो, “लैङ्गिक हिंसा अन्त्यका लागि व्यापकरुपमा चेतनामूलक कार्यक्रम गर्नुपर्छ”, हिंसाविरुद्धको १६ दिने अभियानमा कडीकडाउसँग लाग्नुपर्छ । प्रहरी प्रधान कार्यालयका मानवअधिकार शाखा प्रमुख गङ्गा पन्तले बचाउको आधार नै प्रमाण रहेको बताउनुभयो । प्रमाण नभई हद म्यादले मात्र केही गर्दैन । उहाँले भन्नुभयो, “अबको महिलाले फेरि यो हिंसा सहने कुरा नगरौँ ।











