चालक अनुमतिपत्र : प्राविधिक समस्याले सेवाग्राही मर्कामा

5.85K
shares

काठमाडौँ । यातायात व्यवस्था कार्यालय एकान्तकुनामा चालक अनुमतिपत्रमा प्रविधिका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको छ ।

प्रविधिक समस्या आउँदा सेवाग्राहीलाई असुविधा भएको सो कार्यालयका शाखा अधिकृत रमेश पौडेलले बताए । उत्तीर्ण अनुत्तीर्णबारेको अभिलेख ढड्डा र सर्भरमा एकरुपता नहुँदा समस्या देखिएको हो । ‘यी सबै गल्ती सच्याउनै पर्ने हुँदा समय लाग्छ,’ उनले भने, ‘चालक अनुमतिपत्रमा पहिले एउटा समूहमा रहेको सवारीलाई अहिले अर्को समूहमा राखिएको छ ।’ पहिले अन्य समूहमा राखिएको गह्रौँ सवारी (हेभी) लाई अहिले छुट्टै समूहमा राखिएको छ ।

केही दिनपहिले सवारी चालक अनुमतिपत्र नवीकरणका लागि सेवाग्राही आउँदा एउटा समूहबाट अर्कोमा नवीकरण गर्न शाखा अधिकृत पौडेलले सकेनन् । यी सबै समस्यामा कार्यालयले सेवाग्राही विभाग पठाउँछ । ‘यहाँबाट समाधान नहुने समस्या विभागमा नै पठाउनुपर्ने अवस्था छ ।’ उनले भने ।

कार्यालयमा अहिले कार्यरत कर्मचारीमध्ये तीन जनाले मात्रै सर्भरको प्रयोग गर्छन् । त्यसमा देखिएको समस्या तीनै कर्मचारीले समाधान निकाल्न नसकेपछि विभाग पठाउने गरिएको छ । नीतिगत रुपमा कार्यालय प्रदेश मातहतमा गए पनि व्यावहारिकरुपमा गएको छैन । प्रविधि हस्तान्तरण नहुँदा सामान्य समस्या आउँदासमेत सेवाग्राही विभागनै पठाउनुपरेको कर्मचारी बताउँछन् । रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083