प्रधानन्यायाधीशमा चोलेन्द्र सिफारिस भएपछि जोशीको प्रतिक्रिया– सर्वोच्चमा रहँदासम्म सघाउँछु
वि.सं.२०७५ मंसिर २७ बिहीवार १२:०९
shares

काठमाडौं । संवैधानिक परिषदबाट सर्वोच्च अदालतको २८ औं प्रधानन्यायाधीशमा सिफारिस हुँदा संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरेका दीपकराज जोशी २९ औं प्रधानन्यायाधीशका लागि चोलेन्द्र शम्शेर जबरासँगै सिफारिस भएका थिए ।
यसअघि २८ औं प्रधानन्यायाधीशमा पनि जोशीभन्दा ‘जुनियर’ ओमप्रकाश मिश्र प्रधानन्यायाधीश बनेका थिए । मिश्र ६५ वर्ष उमेरहदका कारण यही पुस १७ गते अनिवार्य अवकाशमा जाने भएपछि २९ औं प्रधानन्यायाधीशका लागि संवैधानिक परिषदमा जोशी र जबराको नाम सिफारिस भएको थियो ।
न्याय परिषदले सर्वोच्चको भावी प्रधानन्यायाधीशका दीपक राज जोशीको नाम पहिलो नम्बरमा सिफारिस गरेको थियो, कैफियतसहित । जोशीलाई संसदीय सुनुवाई विशेष समितिले नेपालको २८ औं प्रधानन्यायाधीश हुन अयोग्य रहेको भनेर गरेको निर्णयलाई कैफियतका रुपमा उल्लेखित गरिएको थियो ।
बिहीवार बसेको संवैधानिक परिषदको वैठकले कैफियतसहित जोशीको सट्टा उनीभन्दा ‘जुनियर’ न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सुनुवाई गर्न सिफारिस ग¥यो । संवैधानिक परिषदको निर्णयानुसार अब संसदीय सुनुवाई विशेष समितिले भावी प्रधानन्यायाधीशका लागि चोलेन्द्रको नाममा सुनुवाइ गर्ने छ ।






























