स्वदेश फर्किदै श्रृंखलाले भनिन्, ‘मिस वर्ल्डको ताज नतिजेपनि करोडौं नेपालीको मन जितेकी छुँ’

5.01K
shares

काठमाडौं । मिस वर्ल्ड २०१८ मा सहभागी हुन चीन गएकी श्रृंखला खतिवडा स्वदेश फर्किएकी छन् । ‘मल्डिमिडिया र ब्युटि विथ पर्पज’ जस्ता महत्वपूर्ण दुई अर्वाड जित्दै टप १२ मा पुगेकी श्रृंखला बुधबार स्वदेश फर्किएकी हुन् । उनको स्वागतको लागि हजारौं शुभचिन्तक अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै श्रृंखलाले सम्पूर्ण नेपालीलाई धन्यवाद दिएकी छन् । मिस वर्ल्डको ताज पहिरिन नसकेपनि नेपाललाई विश्वसामू चिनाउन सफल भएको उनको दावी छ । ‘यहाँहरुले दिएको मायाको लागि धन्यवाद दिने शब्द नै भेटिएको छैन् । चीनमा रहँदा पनि साथीहरु (प्रतिस्पर्धी) ले तिमिले नेपालमा पैसा दिएर भोट गर्न लगाईरहेकी छौं की क्या हो ? भन्थे । तपाईहरुले दिनुभएको माया, विश्वासप्रति म निकै नै आभारी छु । उनले भनिन् ।

मिस वर्ल्डको ताज नजितेपनि करोडौं नेपालीको मन जित्न सफल भएको भन्दै उनले खुशी व्यक्त गरिन् । उनले भनिन्, ‘मिस वर्ल्डको क्रममा आफुले आफ्नो तर्फबाट वेष्ट परफर्ममेन्स नै दिएकी थिए । उपाधी जित्न नसकेपनि करोडौं नेपालीको मन जितेकी छु । अर्को महत्वपूर्ण कुरा नेपाललाई विश्वसामू चिनाउनु सफल भएजस्तो लाग्छ ।

मिस वर्ल्डको सबैभन्दा महत्वपूर्ण मानिने ‘ब्युटी विथ पर्पज’ अवार्ड जित्ने लक्ष्य थियो र त्यो जितेपछि आफुलाई मिस वर्ल्ड नै जितेको भान भएको उनको प्रतिक्रिया छ । आफु टप ५ मा पर्नुपर्ने तर के–के कारणले पर्न नसकेको बुझ्न नसकेको उनको भनाई छ । ‘यसपाली फर्मेट चेन्ज भएकाले म टप ५ मा पर्न नसकेको हुँ कि भन्ने जस्तो लागिरहेको छ । तर यर्थात कारण चाँही मैले पनि जान्न सकेकी छैन् ।

प्रतियोगिता सकिएपछि पनि आफु सबै प्रतियोगीहरुको लागि मिस वर्ल्ड नै भएको उनको दावी छ । उनी भन्छिन्, ‘प्रतियोगिता सकिएपछि पनि थुप्रै साथीहरुले ‘यु आर माई मिस वर्ल्ड’ भन्दै हग गर्नुभयो, रुनुभयो । त्यो मेरोलागी सबैभन्दा ठूलो उपलब्धी हो जस्तो लाग्छ ।

नेपाल टप ५ मा परेको तर यो पटक परिवर्तन भएको फरम्याटले गर्दा असर परेको उनको भनाई छ । भोटमा नेपाललाई कसैले पनि जित्न नसकेको उनको दावी छ । ‘भोटमा त नेपाललाई कसैले जित्न सकेन् । मोव स्टारको एप नै डाउन भएको थियो । नेपालबाट त्यतिमात्रामा भोट गएको थियो । तर यो पटक कन्टिनेन्टल सिस्टमले गर्दा एसियाबाट एक जना छान्नुपर्ने सिस्टमले मलाई समस्या भयो । नत्र म टप ५ मा पर्ने पक्का थियो’ उनी भन्छिन् ।