नेपालबाट हराएको ३३ किलो सुन भारतमा बरामद !

4.3K
shares

काठमाडौँ। भारतको कलकत्तामा ३३ किलो सुन बरामद भएको छ। सुन सहित हेमप्रसाद शर्मा र राकेश प्रसाद नाम भएका दुई जना पनि पक्राउ परेका छन्। उनीहरुको स्थायी घर धरान र इटहरी भएको बुझिएको छ।

सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि ३३ किलो सुन हराएको थियो। सुन तस्करी छानविन समितिका संयोजक सह–सचिव ईश्वरराज पौडेलले कलकत्ता प्रहरीले बरामद गरेको सुन नेपालबाटै हराएको सुन हुन् सक्ने अनुमान गरेका छन्।

पक्राउ परेका दुवै जना धरान र इटहरीकै बासिन्दा भन्ने सुचना आएकाले बरामद भएको सुन नेपालबाट हराएकै सुन हुनुपर्ने उनले प्रारम्भिक अनुमान गरेका हुन् । तर यो त्यही सुन हो वा होइन भन्ने कुरा पुष्टि हुन् बाकी रहेको बताए।

२०७४ माघ ९ गते फ्लाई दुबईको विमानबाट आएको ३३ किलो सुन विमानस्थल कटाएर अर्को व्यक्तिलाई बुझाउने क्रममा हराएको थियो। यही प्रकरणको अनुसन्धान गर्न बनेको छानबिन समितिले ९ प्रहरी अधिकारीसहित ६३ जना भन्दा बढीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्धा दायर गरेको थियो । मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ ९० पैसा बराबरको विगो दाबी गरिएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083