कामको गति बढाउन कृषिमन्त्री खनालको निर्देशन

4.86K
shares

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले आर्थिक समृद्धि र विकास कार्ययोजनालाई केन्द्रमा राखी काम गर्न मातहत निकायका कर्मचारीलाई निर्देशन दिएका छन्। समृद्ध नेपाल सुखी नेपाली’को सङ्कल्पलाई पूरा गर्ने लक्ष्यका साथ काम कारवाही अगाडि बढाउन र खाद्यान्नमा आत्मनिर्भर हुने गरी काम गर्न उनले निर्देशन दिए। उनले भने, “परम्परागत तवरले काम अगाडि बढ्न सक्दैन, कामको गति बढाउनु आवश्यक छ ।

सरकारले लक्ष्य पूरा गर्नसमेत आवश्यक समन्वय र सहयोगको जरुरी छ । मन्त्रालय मातहतको योजना तथा विकास सहायता समन्वय महाशाखाको प्रथम चौमासिक समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले हरेक निकायलाई परिचालन गरेर कामको गति बढाउन जरुरी रहेको बताए । मन्त्रालयबाट सोचेअनुसारको प्रगति हुन नसकेकामा असन्तुष्टि जनाउँदै उनले विभागीय प्रमुखहरुलाई काम गर्न सकिँदैन जस्तो लाग्छ भने खुशीसाथ जिम्मेवारीबाट बाहिरिन आग्रह गरे।

मन्त्री खनालले प्रथम चौमासिक प्रगति विवरण सोचेअनुसार हुन नसकेको भन्दै मन्त्री खनालले कर्मचारीहरुलाई तर्कभन्दा परिणाममा ध्यान दिन आग्रह गरेका थिए । सरकारले कृषि क्षेत्रको विकासका लागि प्रभावकारी कार्ययोजनाका साथ काम शुरु गरे पनि प्रगति प्राप्त हुन नसकेकामा आगामी दिनमा त्यस्तो हुन नहुनेमा जोड दिए।

यस्तै प्राङ्गारिक कृषि उत्पादन निर्यातका लागि प्रमाणीकरण शुल्क अनुदान तेस्रो चौमासिकमा मात्र भुक्तानी दिन मिल्ने भएकोले खर्च हुन नसकेको, कृषि बजार पूर्वाधार विकास कार्यक्रम कार्यक्रम विस्तृतीकरण ढिला गरी स्वीकृत भएकाले समस्या भएको सो अवसरमा जानकारी गराइएको थियो । स्वीकृत दरबन्दीअनुसार कर्मचारी नभएको, पूँजीगत कार्यक्रमअन्तर्गत दोस्रो चौमासिकमा सञ्चालन हुने कार्यक्रम पहिलो चौमासिकमा विनियोजन भएको र चालू कार्यक्रमअन्तर्गत कृषक छनोट भई कार्यक्रम सञ्चालन भइरहे पनि भुक्तानी हुन बाँकी रहेकोलगायत समस्या देखाइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083