सर्वोच्च अदालतको कार्यालय परिसरमा आगलागी

12.81K
shares

काठमाडौँ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसर भित्र रहेको एक भवनमा मंगलबार विहान आगलागी भएको छ ।

सिंहदरबारको दक्षिणतर्फ रहेको सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरस्थित जिल्ला अदालत रहेको पुरानो भवनमा आगलागी भएको हो । विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

भवन पुरानो र जीर्ण भएकाले प्रयोगमा आएको थिएन । भवनको भुइँतलामा भएको आगलागी भर्खरै नियन्त्रणमा आएको आएको छ । घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083