वायुसेवा निगम प्रवक्तामा बरिष्ठ क्याप्टेन विजय लामा नियुक्त

4.76K
shares

काठमाण्डौँ । नेपाल वायुसेवा निगमको प्रवक्तामा बरिष्ठ क्याप्टेन विजय लामा नियुक्त भएका छन् । निगम बोर्डले मंगलबार उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । बुधबारदेखि उनले पाइलटका साथै प्रवक्ताको जिम्मेवारी समेत लिएका हुन् ।

निगमको सहप्रवक्ताका रुपमा भने नवराज कोइरालाले जिम्मेवारी पाएका छन् । यस अघि निगमको प्रवक्ता अशोक सिग्देल र सहप्रवक्ताका रुपमा शैलेस कंसाकार थिए । संस्थालाई प्रभावकारी बनाउने उद्देश्यसहित निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जिम्मेवारी बाँडफाँड गरेका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083