स्थानीय सरकारलाई जनउत्तरदायी बनाउन सुझाव संकलन

4.73K
shares

रुकुम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमले सुदृढ पार्टी र जनउत्तरदायी सरकार निर्माणका लागि सुझाव संकलन अभियान लिएर गाउँमा गएको छ । तीनवटा कमाण्ड विभाजन गरेर अभियानका लागि नेकपा गाउँ गएको हो । जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरुले प्रत्येक कमाण्डको नेतृत्व गरिरहेका छन् ।

मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिका कमाण्डको नेतृत्व केन्द्रिय सदस्य शेरबहादुर केसी, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका कमाण्डको नेतृत्व केन्द्रिय सदस्य राजकुमार शर्मा तथा आठबीसकोट नगरपालिका र बाँफिकोट गाउँपालिका कमाण्डको नेतृत्व केन्द्रिय सदस्य बसन्तकुमार शर्माले गनुभएको छ ।

सबै कमाण्डमा पार्टीका प्रदेश कमिटी सदस्य, जिल्ला तथा गाउँपालिका स्तरीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको नेकपाका जिल्ला संयोजक महेन्द्र केसी ९पारसमणि०ले जानकारी दिनुभयो । उहाँका अनुसार मुसीकोट–त्रिवेणी कामण्डमा प्रदेश कमिटी सदस्यहरु बिमलकुमार पुन, विमला केसी, देवी ओली र जिल्ला संयोजक पारसमणि लगायत, आठबीसकोट–बाँफिकोट कमाण्डमा प्रदेश सदस्य ठगेन्द्रप्रकाश पुरी, रातो कामी लगायत र चौरजहारी–सानीभेरी कमाण्डमा प्रदेश सदस्य गोपाल शर्मा, तिर्था गौतम लगायतको सहभागीता छ ।

पार्टी एकताको सन्देश लिँदै गाउँमा पुगेर एकता प्रक्रियालाई टुंग्याउन र स्थानीय सरकारलाई कसरी जनमुखी बनाउन सकिन्छ भनेर सुझाव लिने तथा त्यसलाई मार्ग निर्देशनका रुपमा लिन अभियान संचालन गरिएको नेकपाले जनाएको छ । आइतबारबाट सुरु भएको वडा स्तरीय अभियान २५ गतेसम्म सञ्चालन हुनेछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083