तमु ल्होसारको दिन राष्ट्रिय विदा दिन माग
वि.सं.२०७५ पुस ४ बुधवार १६:४८
6.63K
shares
shares

लमजुङ । लमजुङका गुरुङ समुदायले तमु ल्होसारको दिन पुस १५ गते राष्ट्रिय विदा दिन सरकारसँग माग गरेका छन् । २०६२\६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले गुरुङहरुको तमु ल्होसारसहित अन्य पाँच पर्वमा सार्वजनिक विदा दिए पनि वर्तमान सरकारले कटौती गरेको भन्दै तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद् लमजुङले सरकारसँग विदा माग गरेको हो ।
नेपाल बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक भएकाले यस किसिमको विविधतालाई सम्मान गर्दै सबै सामाजिक र धार्मिक समुहप्रति राज्यबाट समान व्यवहार गर्न परिषद्ले माग गरेको छ ।
































