संसदबाट कांग्रेसको आरोप– काण्डै काण्डको कुञ्ज बन्यो सरकार !

4.77K
shares

काठमाडौं । नेपाली कांग्रेसले जनतालाई समृद्धिको भ्रम छरेको सरकार काण्डै काण्डको कुञ्जमा फसकेको टिप्पणी गरेको छ । सुन काण्ड, निर्मला पन्त हत्याकाण्ड, एसिया प्यासिफिक सम्मेलन काण्ड र नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद गरी काण्डै काण्डमा सरकार फसेको कांग्रेसको आरोप छ । राष्ट्रिय सभाको शुक्रवार बसेको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले सरकार एकपछि अर्को काण्डमा फस्दै गएको आरोप लगाएका हुन् ।

‘अब हामी यी विषय उठाएर मात्र बस्ने छैनौं । सरकारको अकमण्यता होइन र जवाफ चाहान्छौ,’ पाण्डेले भने । गेजुवासँगको सम्झौता रद्द गरी तामाकोशी मोडलमा बूढीगण्डकी नेपाली कांग्रेसले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि विवादास्पद् चिनियाँ कम्पनी चाइना गेजुवा कम्पनीसँग गरिएको सम्झौता खारेज गर्न पनि माग गरेको छ ।

‘ब्ल्याक लिस्टेड कम्पनीलाई विना प्रतिष्पर्धा बूढीगण्डकी आयोजना सुम्पिएर गेजुवासँग सरकारले गोप्य बैठक गर्ने गरेको समाचार बाहिर आएको छ’, पाण्डेले भने, ‘बल्याक लिस्टेड कम्पनी गेजुवासँग गरिएको सम्झौता खारेज गरेर बूढीगण्डकी पनि तामाकोशी मोडलमा बनाउनुपर्छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083