सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा सहयोग गर्न आह्वान

5.38K
shares

काठमाडौं। सरकारले ‘योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम’ कार्यान्वयनका लागि सक्दो सहयोग गर्न श्रमिक संघ, संगठनहरुलाई आह्वान गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनका लागि सक्दो सहयोग गर्न सबै श्रमिक संघ, संगठनहरुलाई आह्वान गरेका हुन्।

शुक्रबार काठमाडौंमा आयोजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदमा बोल्दै उनले सो कार्यक्रमको कार्यान्वयनका लागि सरकारले आवश्यक नियमावली, निर्देशिका र कार्यविधि तयार पारिरहेको पनि जानकारी दिए।

योगदान गरेका श्रमिकहरुले औषधि उपचार र पेन्सनसहितको सुविधा पाउने गरी सरकारले सो कार्यक्रम घोषणा गरेको थियो। मन्त्री विष्टले विद्यमान ऐनको प्रभावकारी कार्यान्वयन गर्दै श्रमिकहरुको हितको प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको दावी पनि गरे।

मन्त्री विष्टले श्रमिकहरुको हक, हितको उचित व्यवस्था गर्न सरकार क्रियाशील रहेको बताए। श्रमिक, रोजगार दाता कम्पनी र सरकार तीनै पक्षबीचको संयुक्त छलफलबाट श्रमिकहरुको श्रमको सम्मान गर्ने मन्त्री विष्टको योजना छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083