प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ ‘हेर्दाहेर्दै’मा
वि.सं.२०७५ पुस १६ सोमवार १०:३०
4.58K
shares
shares

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको संसदीय सुनुवाइ प्रारम्भ गरेको छ । आइतबार सुनुवाइ प्रारम्भ भए पनि सदस्यहरूले जवाफ माग्नेक्रम जारी छ । संसद् सेवा अन्तर्गतका कर्मचारीको असहयोग आन्दोलनका कारण ४ बजेपछि सुनुवाइ स्थगित भएको हो ।
सुनुवाइलाई मङ्गलबार बिहान ११ बजेसम्म स्थगित गरिएको छ । अतिरिक्त समयमा काम गरेको भत्ता नपाएको भन्दै पुस १ बाट कर्मचारीले कार्यालय समय बाहेक अतिरिक्त समय काम नगर्ने गरी असहयोग आन्दोलन गरिरहेका छन् ।




























