सिंहदरबारका कर्मचारी कालोपट्टी बाँधेर काममा

4.29K
shares

काठमाडौं । दरबन्दी स्वीकृतिमा विभेद गरेको भन्दै लेखा समूहका कर्मचारीले आन्दोलन थालेका छन्। प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै आज उक्त समूहका कर्मचारीले हातमा कालोपट्टी बाँधेर काम गरेका छन्।

‘दरबन्दी स्वीकृत हुँदा लेखा समूहमा प्रदेश र स्थानीय तहमा धेरै संख्या दिइयो, केन्द्रमा चाहिनेजति पनि राखिएन। त्यसैको विरोधमा आज कालोपट्टी बाँधेर काम गरेका हौं,’ कर्मचारी ईश्वरीप्रसाद ढकालले भने।

उनीहरूको माग लेखा समूहअन्तर्गत प्रदेश अनि स्थानीय तहमा अनावश्यक भएको संख्या केन्द्रमा दरबन्दी हुनुपर्नेछ। यसअघि सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशमा असहमति जनाउँदै सिंहदरबारभित्रै कर्मचारीले घेराउलगायतका आन्दोलन गरेका थिए।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले आन्दोलनरत कर्मचारीसँग वार्ता भइरहेको बताए। ‘कर्मचारीसँग वार्ताको क्रम चलिरहेको छ, आज कालो पट्टी बाँधेर काम गरेको जानकारी छैन,’ उनले भने।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083