एयरपोर्टका कर्मचारीनै मापसेमा, क्याप्टेन बिजय लामाले सुरु गरे चेकिङ

6.47K
shares

काठमाडौँ । क्याप्टेन बिजय लामाले आफ्नो फेस बुक मा केहि तस्बिरहरु पोस्ट गरेका छन् जहाँ कर्मचारीको मापासे चेक गरिएको छ। केहि तस्बिरहरु पोस्ट गर्दै उनले फेस बुकमा लेखेका छन्’ कुनै पनि समय मापसे जाँचमा पर्न सकिन्छ भन्ने सचेत ताको कारण अहिलेको समय सवारी साधन प्रयोग गर्दा प्राय जस्तो चालकले मदिरा सेवन गर्दैनन र यस्को नतिजा सडक दुर्घटना धेरैनै (उल्लेखनीय) घटेको कुरा उजागर गरि रहनु पर्दैन ! धन्यवाद ती प्रहरी अधिकृत अनि जवानहरुलाइ ज-जस्ले दिनहु सुरक्षित बनाइ दिएका छन सडकहरु !

हामी विमान चालक अनि विमान सङ सम्लग्न भएका सम्पुर्ण कर्मचारिहरुको पनि मापसे जाँच हुन्छ कि हुदैन भनेर जिग्यासा राखेनरु थुप्रै पाएको छु ! हुनु पर्छ मापसे जाँच किनकी उड्डयन प्राधिकरण बाट प्राप्त निर्देशन अनुसार अनिवार्य मापसे जाँच हाम्रो नि गम भित्र लागू भैसकेको बिधित गराउन चहान्छु यसै स्टेटस मार्फत तस्बिर सहित!तस्बिरले आफै बोल्छ!!!संबेदनसिल काममा संबेदनसिल सोचको सधै खाचो हुन्छ! हामी सदैव यहि सोचमा हुने गर्छौ!!!हवाइ सुरक्षा हाम्रो पहिलो दायित्व अनि पहिलो प्राथमिकता!!!


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083