प्रधानन्यायाधीश मिश्रले आज अवकाश पाउँदै, प्रस्तावित प्रधानन्यायाधीशको फैसला आजै

5.64K
shares

काठमाडौँ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले मंगलबार अवकाश पाउँदै छन्। प्रधानन्यायाधीशको उमेर ६५ वर्ष पुगेपछि अवकाश पाउने व्यवस्था अनुसार मिश्रले आज अवकाश पाउन लागेका हुन् । आजै प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको भाग्यको फैसला पनि हुँदैछ । प्रस्तावित प्रधानन्यायाधीश राणाले मंगलबार जवाफ दिइसकेपछि मात्रै संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने छ ।

प्रस्तावित प्रधानन्यायाधीश राणाको नाम अनुमोदनका लागि संसदीय सुनुवाइ समितिको बैठक विहान ११ बजे बसेको थियो । आइतबारदेखि जारी प्रस्तावित प्रधानन्यायाधीश राणाको बारेमा संसदीय सुनुवाई जारी छ । सुनुवाई समितिले प्रधानन्यायाधीशमा प्रस्तावित राणाको नाम अनुमोदन नगरे बरिष्ठ न्यायाधीशका रुपमा दीपकराज जोशी कायममुकायम प्रधानन्यायाधीश हुने छन् । यसअघि सुनुवाइ समितिले जोशीको नाम अस्वीकृत गरेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083