रथीमा बढुवा भएका गिरीलाई दर्ज्यानी चिन्ह, बलाधिकृतको जिम्मेवारी
वि.सं.२०७५ पुस १८ बुधवार १२:४४
4.32K
shares
shares

काठमाडौं । रथी बढुवामा भएका शरदकुमार गिरीलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दज्र्यानी चिन्ह प्रदान गरेका छन् । जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बीच प्रधानसेनापति थापाले गिरीलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्रमुख रहेका उपरथी गिरीलाई मन्त्रिपरिषद्को बैठकले पुस १३ गते रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
रथी दर्जामा पदोन्नती भएका गिरीलाई अब बलाध्यक्षको जिम्मेवारी दिईएको जंगी अड्डाले जनाएको छ । कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।



















