न्यायाधीश जोशीले अदालतलाई कसरी बन्धक बनाए ? विपक्षी सांसदले कानून मन्त्रीसँग मागे जवाफ

4.16K
shares

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीलाई अदालतलाई बन्धक नबनाउन भन्दै नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र राणाले आग्रह गरेको विषयमा एक प्रतिपक्षी सांसदले सरकारको जवाफ मागेका छन् ।

प्रतिनिधि सभाको बिहीवार बसेको बैठकको विशेष समयमा नेमकिपाका प्रेम सुवालले न्यायाधीश जोशीले कसरी अदालतलाई कसरी बन्धक बनाए भन्नेबारे कानून मन्त्रीमार्फत् सरकारको जवाफ माग गरेका हुन् ।

प्रधानन्यायाधीशमा नियुक्त भएका चोलेन्द्र शमशेर राणाले सर्वोच्चका अर्का न्यायाधीश दीपकराज जोशीलाई पेशी तोक्नुभएन र भन्नुभयो– उहाँले अदालतलाई बन्धक बनाउनु हुँदैन । न्यायाधीश जोशीले अदालतलाई बन्धक राख्ने काम के–के गर्नुभयो रु कानून मन्त्रीमार्फत् संसद्लाई जानकारी गराउने व्यवस्था होस् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083