शून्य लागतमा नेपाली कामदार लिने जापानको प्रस्ताव, यस्ता छन् नेपाली कामदारलाई सर्त

5.01K
shares

काठमाडौं । सैनिक क्षेत्रदेखि कामदारसम्म भएर विदेशी मुलुक जाने नेपाली कामदारको श्रम शोषण हुँदै आएको छ । बेलायतमा कार्यरत गोर्खा सैनिकदेखि दुवई, मलेसियामा काम गर्ने नेपालीले आफ्नो परिश्रम अनुसारको मुल्य पाउँदैनन् । तर नेपालबाट कामदार लिने तयारी गरेको जापान सरकारले भने नेपाली कामदारको श्रमलाई आफ्नै देशका नागरिक सरह मुल्याडकन गर्ने भएको छ । जापानी कामदार सरह नेपाली कामदारलाई सुविधा दिने प्रतिवद्धता सहितको मस्यौदा पठाएको छ ।

मस्यौदामा छलफल गर्न जापानी अधिकारीहरु जनवरी १६ तारिखमा नेपाल आउन लागेको श्रम मन्त्रालयका सचिव महेश दाहालले बताए । त्यतिबेला जापानी पक्षसँग सवै प्रकारको सुविधाका बारेमा कुरा हुने उनले बताए । नेपाल लगायत नौवटा मुलुकबाट जापान सरकारले झण्डै साढे तीनलाख विदेशी कामदार भित्र्याउने भएको छ । जापानले कामदारलाई शून्य लागतमा जापान ल्याउनेगरी काम अगाडि बढाएको छ ।

कामदार पठाउने नाममा विभिन्न खाल्का ठगी हुने गरेपछि जापान सरकारले दोश्रो पक्षको सहभागि नगराउने भएको छ । प्रतिस्पर्धी आधारमा कामदार रोज्ने प्रस्ताव पठाएको छ । जापान सरकारले दुई प्रकारका कामदार लिने प्रस्ताव गरेको छ । ज्ञान र सीप भएका दक्ष कामदार र अति दक्ष कामदार लिने तयारी गरेको छ । तर त्यसका लागि जापनी भाषालाई पहिलो प्राथमिकता दिएको छ ।

जापानमा काम गर्न जान अनिवार्य रुपमा जापानी भाषा जानेको हुनैपर्ने शर्त राखिएको छ भने चाहेका क्षेत्रहरूमा काम गर्ने सीप र दक्षता दोश्रो शर्त राखेको छ । जापानी भाषाको जाँच भने जापानी आफैले लिने भएका छन् । कुनै समस्या पर्‍यो भने आफ्नो भाषामै आफ्ना कुराहरू राख्न पाउने, केही तलमाथि भयो भने गुनासो गर्न सक्ने, आधारतभूत गुनासा छन् भने सुन्ने र सहजीकरण गर्ने गरी जापानमा एक सयभन्दा बढि सहयोग केन्द्रहरु खोल्ने भएका छन ।

१४ प्रकार क्षेत्रमा ३ लाख ४५ हजार कामदार लिने नीति लिएको छ । ठूलो संख्या हेरचाह गर्ने क्षेत्र र सेवा दिने क्षेत्रहरू जस्तो कि होटल र रेस्टुरेन्टमा कामका लागि कामदार लिन लागेको छ । प्रारम्भिक सूचना अनुसार वैशाखदेखि कामदार जान शुरु गर्नेछन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083