कमल थापाका भाई गणेश थापालाई पक्राउ गर्ने तयारीमा अख्तियार

7.38K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापाको अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा मुल्तबीमा रहेको मुद्दा खुलाउन निर्देशन दिएको खुलासा भएको छ । आफू विरुद्ध हुने कुनै पनि गतिविधिलाई नसहने बानी परेका ओलीले गणेश थापाका दाजु कमल थापाले सरकार विरूद्ध दिएको अभिव्यक्तिकै कारण उनको थन्किएर बसेको मुद्धा व्युतिन लागेको हो। केही समय अघि राप्रपा अध्यक्ष कमल थापाले ओली सरकारलाई विकासमुखी नभएको आरोप लगाएका थिए ।

जसको बुई चढेर कमल थापा उपप्रधान एवं परराष्ट्र मन्त्री भएका थिए उनैलाई नै बिर्सेको भन्दै ओली एकाएक फायर भएका हुन् । सरकारको जताततैबाट आलोचना भइरहँदा त्यो जमातमा कमल थापा पनि मिसिएपछि ओली आक्रामक भएका हुन् । ओलीकै बुई चढेर कमल–गणेश दुई भाइले खेलेको राजनीति र ओलीले बचाएको गुन बिर्सनेलाई यसैपाली ठेगान लगाउने योजनामा ओलीको सचिवालय छ । पहिले कमल थापाकै कारण गणेश थापाले फुटबलका हरेकजसो मुख्य कार्यक्रममा ओलीलाई नै प्रमुख अतिथि बनाएको पाइन्थ्यो ।

ओली शक्तिमा नभएका बेलामा पनि गणेश थापाले ओलीलाई प्रमुख अतिथि बनाउँथे । उनको सहारामा गणेश थापाको फुटबल र कमल थापाको राजनीति टिकेको थियो । तिनै कमल थापाले अहिले जताततैबाट घेराबन्दीमा परेको ओली सरकारविरुद्ध बोलेपछि ओली आक्रामक भएका हुन् । राजनीति र भ्रष्टाचार मुद्दाका जानिफकारहरु अहिले ओलीले प्रतिशोध लिने मनसायले लागेको बताउँछन् ।

के हो गणेश थापाको घटना ?

गणेश थापा राप्रपा नेपालका पूर्व सांसद । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष तथा एसियाली फुटबल महासंघ एएफ्सीका पूर्व उपाध्यक्ष । उनले ५८ करोड भ्रष्टाचार गरेको भन्ने निवेदन परेपछि उनलाई कार्वाहीको दायरामा राखिएको थियो । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले भ्रष्टाचारी भएको ठहर गर्दै १० वर्ष फुटबलका कुनै पनि गतिविधिबाट टाढा रहने गरी भनी कार्वाही गर्यो । साथै २० हजार सिंगापुर डलर जरिवाना पनि गर्यो ।

यसअघि नै नेपालमा गणेश थापाका बारेमा मुद्दा पर्यो । अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा पनि मुद्दा पर्यो । संसदको सार्वजनिक लेखा समितिमा पनि निवेदन पर्यो । अख्तियारले तत्कालीन अवस्थामा कुनै कार्वाही गरेन । प्रमाण नभेटेको भनी कार्वाही गर्न नसकिने भन्दै अख्तियारले मुद्दालाई मुल्तवीमा राख्यो । मुल्तवी अर्थात् कुनै प्रमाण फेला नपरेसम्म फाइल खोल्न नमिल्ने ।

तर फिफाबाट कार्वाहीमा परेपछि पनि अख्तियारले प्रमाण फेला परेन भन्दै मुद्दा खोलेन । गणेश थापालाई कार्वाही गर्न लेखा समितिले पनि सिफारिस गर्यो । र पनि अख्तियारले हेरेन । सम्पत्ति शुद्धीकरण विभागले पनि थापाको सम्पत्ति छानबिन गरेन । अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीका कारण थापालाई कार्वाही नभएको स्पष्ट थियो । कार्की र थापाबीच पारिवारिक सम्बन्ध थियो । कार्कीकी छोरीलाई थापाका भाञ्जले बिहे गरेका थिए ।

फाइल पच्न पनि सक्छ

अख्तियारका एक अधिकृतका अनुसार गणेश थापाको फाइलको चर्चा बाहिर नआउन पनि सक्छ । उनका अनुसार अहिले तर्साउनका लागि धेरै फाइल खुल्न थालेका छन् । गणेश थापाको फाइल पनि त्यसै अनुसार हुन सक्छ । ओलीसंग फेरि जोडिनका लागि कमल थापाले कदम चालिसकेको बुझिएको छ । तर ओलीकै इशारामा न्याय चल्यो भने के होला ?


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083