सरकारले उपलब्ध गराउने सरल कर्जाको सदुपयोग कसरी गर्ने ?

6.25K
shares

काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएका र नेपालमै व्यवसाय गर्न चाहनेलाई सरकारले ५ वर्षसम्मका लागि सरल कर्जा उपलब्ध गराउने भएको छ। सरल कर्जा सेवामा युवा निकै आकर्षितसमेत देखिएका छन्। सरकारले उपलब्ध गराउने सरल कर्जा प्रवद्र्धन बोर्ड वा सरकारले बाड्ने नभएर व्यवसाय गर्न सहज होस् भनेर उपलब्ध गराउने भएकाले युवाहरु सचेत भएर यस कार्यमा उपलब्ध हुनका लागि बोर्डले अनुरोध गर्दै आएको छ।

वैदेशिक रोजगारमा जाने नेपाली कामदारको बाध्यकारी अवस्था पाँच वर्ष भित्रमा अन्त्य गर्न आफू तत्पर रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताउँदै आएका छन्। जसको सुरुवातका लागि सरकारले वैदेशिक रोजगारबाट फर्किएका लगनशील, देशमै केही गर्न चाहन्छु भन्ने युवाहरुका लागि सरलकर्जा योजना अघि सारेको छ।

सरल कर्जा योजनामा सहभागी हुनका लागि चालु आर्थिक वर्षको समय सक्किनै लागेको छ। यस चालु वर्षका लागि बोर्डले पुस मसान्त सम्ममा सरल कर्जा फारम भरेर बोर्ड सम्म बुझाइसक्नुपर्ने जनाएको छ। परदेशका ठाउँमा पुगेर सीप, परिश्रम, पुँजी र समयको सबैभन्दा बढी महत्व बुझेर फर्किएका युवाप्रति सरकारले देशमै अव केही गर्छन् भन्ने आशावादी भएर सरल कर्जा उपलब्ध गराउन लागेको जनाउँदै आएको छ। सरकारले लिएको विश्वासलाई कर्ममा बदलेर अब देशमै केही गर्छु भनेर देशमै पसिनाको खेती गरेर आम्दानी गर्नका लागि युवाले सोही अनुरुपको व्यवसायजन्य योजना बनाउन आवश्यक छ ।

सो व्यबसाय उल्लेख गर्न कस्तो सीप चाहिन्छ ? के कस्ता सामाग्री चाहिन्छ र ती सामाग्रीका लागि कति लगानी गर्नुपर्ने, कुन स्थानमा काम गर्ने, काम गर्न लागेको स्थानमा सो कामको माग कत्तिको छ, लगानीबाट आम्दानी कति जति हुन सक्छ, आफ्नो व्यवसायबाट कति जनालाई रोजगारी दिन सकिन्छ, ५ वर्ष भित्र आफूले पाएको ऋण कसरी चुक्ता गर्न सकिन्छ भन्ने बारे प्रष्ट योजना बनाउन आवश्यक छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083