त्रिभुवन विमानस्थलको ‘रन वे’ विरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्धा, किनिएको भनिएका वाइडबडी भाडाका

4.49K
shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रनवे’ बारे अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हालिने भएको छ । ६२ वर्ष पुरानो ‘रनवे’ लाई अहिले पनि चालु अवस्थामा राखिएको भन्दै ईनिसिएटिभका अध्यक्ष पब्लिक सेक्टर ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका हुन् ।

उनले अन्तर्राष्ट्रिय अदालतमा हाल्ने मुद्दा नेपाल नभई अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाउ) विरुद्ध हुने प्रष्ट पारेका छन् । ६२ वर्ष पुरानो रन वे मा किन विमान सञ्चालनको अनुमति दिएको भन्दै आईकाउविरुद्ध मुद्दा दायर गर्ने तयारीमा रहेको उनको भनाई छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रनवे’ बनेदेखि फाटेको ठाउँमा टाल्ने काम मात्र भएको जिकिर गर्दै नेपाल सरकार नभई आईकाउविरुद्ध विरुद्ध मुद्दा दायर गरिने उनले जनाए । यो विषयमा अहिलेसम्म कसैले पनि कुरा नउठाएको भन्दै अब छिट्टै अन्तर्राष्ट्रिय अदालत समक्ष मुद्दा दायर गरिने उनको भनाई छ । यो विषय नेपाल सरकारले किन गरेन भन्दा पनि आईकाउले किन ध्यान दिएन भन्ने प्रमुख कुरा हुने उनको भनाई छ । आईकाउका क्षेत्रिय प्रमुख अरुण मिश्रविरुद्ध नेपालको एयरपोर्टलाई लिएर मुद्दा हालिने प्रष्ट पारे ।

‘मुद्दा परेपछि अन्तर्राष्ट्रिय कोर्टमा आईकाउ जान्छ । रिपोर्ट बुझाउनुपर्‍यो । रिपोर्ट बुझाउँदा नेपालको रनवे ६२ वर्ष पुरानो छ । नो ट्याम गएकै छैन् । सबै कुराहरु रेकर्ड छ । विना मौसम मौसमलाई दोष दिईएको छ । दुर्घटना हुँदा पाईलटलाई दोष दिईरहेको छ । रनवे बाट विमान चिप्लिएको छ । यस्ता विषयमा आईकाउले जवाफ दिनुपर्ने हुन्छ’ उनले भने ।

वाइडबडी खरिद प्रकरणमा भएको भनिएको घोटला आईकाउले पनि छानविन गर्नुपर्ने उनको भनाई छ । उक्त घोटलाबारे एउटा उपसमितिले मात्रै पत्ता लगाउन नसक्ने भन्दै आईकाउले प्रमुख रुपमा हेर्नुपर्ने उनको माग छ । खरिद गरिएको भनिएका विमान भाडा लिईएको दावी गर्दै उनले भने, ‘यो विमान भाडामा लिईएको हो । कुनै पनि देशका विमानको मुल्य, सिट, तौल सबै समान हुन्छ । नेपालमा मात्र आएको विमानको तौल पनि कम हुने । मुल्य पनि कम हुने । यो हुनैसक्दैंन् ।’

विश्वका जुनसुकै देशमा चल्ने वाईडबडीको मापदण्ड एउटै हुने दावी गर्दै अन्तर्राष्ट्रिय नागरिक हवाइ उड्डयन क्षेत्रका विज्ञ समेत रहेका कँडेलले भने, ‘विश्वमा चल्ने सबै विमानको एउटै मापदण्ड हुन्छ । अमेरिकामा चल्ने वाइडबडी र नेपालमा चल्ने वाईडबडी विमानमा कुनै भिन्नता हुनुनपर्ने हो । तर यहाँ त्यस्तै पाईएको जसले गर्दा पनि प्रष्ट भयो की यो विमान किनिएको होईन भाडामा लिईएको हो ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083