भ्रष्टाचारी नेतासँग अख्तियार पराजित, १० बर्षदेखि कुनै नेतामाथि छानविन र मुद्दा चलेन्

5.6K
shares

काठमाडौं । दुई महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवैभन्दा बढि भ्रष्टाचार राजनीतिक क्षेत्रमा हुने गरेको तथ्यांक सार्वजनिक गरेको थियो । तर अख्तियारले विगत १० बर्षदेखि कुनैपनि राजनीतिक दलका नेतामाथि भ्रष्टाचारको मुद्दा चलाउन सकेको छैन । मुद्दा त के कुनै पनि राजनीतिक दलका नेतामाथी भ्रष्टाचारको अनुसन्धान समेत थालेको छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सवैभन्दा बढि राजनीतिक दलका नेतामाथि भ्रष्टाचारका उजुरी परेका छन् । तरपनि अख्तियारले एकजना नेतामाथि छानविन थालेको छैन । राजनीतिक भ्रष्टाचारसँग स्वतन्त्र र शक्तिशाली निकाय अख्तियार पराजित भएको छ । यो बर्ष लगभग ३ सय भ्रष्टाचारका मुद्दा अख्तियारले विशेष अदालतमा पुर्याएको छ । विशेष अदालतमा पुर्याइएको सवै मुद्दा कर्मचारीमाथि केन्द्रित छन् ।

सुडान घोटाला, आयल निगम जग्गा खरिद प्रकरणदेखि वाइडबडी खरिद प्रकरणसम्म अख्तियारले राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिँदै कर्मचारीलाई मात्र दोषि ठहर गरेको छ । ‘ठूलो भ्रष्टाचार राजनीतिक आडमै हुन्छ, तर नेता जोगिन्छन्, कर्मचारी भ्रष्टाचारी बन्छन्’, काननुविद् भीमार्जुन आचार्यले भने ‘अख्तियार लगभग राजनीतिक भ्रष्टाचारमा निकम्बा सावित भइसकेको छ ।

करिव १५ बर्षअघि तत्कालिन नेपाली कांग्रेसका तीन नेतामाथि भ्रष्टाचारको मुद्दा दायर भएको थियो । जेपी गुप्ता र खुमबहादुर खड्का भ्रष्टाचारी सावित भएभने गोविन्दराज जोशीको मुद्दा सर्वोच्च अदालतमा बर्षौदेखि विचाराधिन छ । त्यसपछि कुनैपनि राजनीतिक दलका नेतामाथि भ्रष्टाचारको मुद्दा चलाइएको छैन ।

केही बर्ष पहिले तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्कीले ४५ जनाभन्दा बढि पूर्वमन्त्री र सांसदलाई पत्र काटेका थिए । कार्कीले पत्र काटेलगतै उनीबिरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याइएको थियो । यही त्रास हाल अख्तियारमा रहेको छ । महाअभियोग लगाएर राजनीतिक नेतृत्वले आफुहरुलाई हटाउन सक्ने भएपनि अख्तियारका आयुक्तहरु राजनीतिक भ्रष्टाचारीलाई उन्मुक्ति दिन थालेका छन् ।

भ्रष्टाचारको मुद्दा खेपिरहेका राष्ट्रसेवक उच्च कर्मचारीभन्दा सार्वजनिक पद धारण गरेका केही नेताको जीवन शैली भड्किलो छ । नेताले भ्रष्टाचार गरी अकुत सम्पति कमाएको सार्वजनिकरुपमा नागरिककालाई थाहा हुँदा पनि अख्तियारले आँखमा पट्टी बाँध्ने गरेको छ ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083