समायोजनका लागि आवेदकको सङ्ख्या वृद्धि

3.94K
shares

काठमाडौँ । कर्मचारी समायोजनको मिति सकिन लाग्दा समायोजनका लागि फारम भर्नेको सङ्ख्या बढेको छ। पहिले दैनिक चार हजारको सङ्ख्यामा फारम भर्नेमा अहिले दैनिक आठ हजारसम्म कर्मचारीले फाराम भर्ने गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन शाखाका उपसचिव अनिता निरौलाले जानकारी दिइन्।

उनका अनुसार बिहीबारबाट सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा फाराम भर्नेको सङ्ख्यामा दोब्वर वृद्धि भएको छ। ‘‘समायोजनको लागि फारम भर्न अब पाँच दिनमात्र बाँकी रहेको छ’’ उनले भनिन्, ‘‘त्यसैले अहिले फारम भर्नेको सङ्ख्यामा वृद्धि भएको छ। अहिलेसम्म करीब ३६ हजार ९६७ कर्मचारीले समायोजन रोजिसकेका छन् भने करीब ५६ हजार ५०० कर्मचारीले समायोजनका लागि अनलाइन फारम अभिलेखन गरिसकेका छन्।

मन्त्रालयले यही पुस ११ गते कर्मचारीलाई २१ दिने सूचना निकाल्दै समायोजनको लागि अनलाइन आवेदन फाराम भर्न आह्वान गरेको थियो। सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083