डा.केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन
वि.सं.२०७५ पुस २८ शनिवार १५:१८
5.23K
shares
shares

काठमाडौं । चार दिनदेखि अनसनरत डा.गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ । शनिवार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा डा.केसीको समर्थनमा प्रदर्शन भएको हो । प्रदर्शनकारीहरुले ‘माफियाका ताती ओली सरकारका साथी, ओली सरकारको मन्त्र नागरिकलाई झुटतन्त्र, धोकेवाज ओली सरकार किन बन्छौं माफियाको मतियार ?
मेडिकल शिक्षामा भएको लुटतन्त्र बन्द गर, डाक्टर गोविन्द केसीसँग गरिएको सम्पूर्ण सम्झौता तत्काल लागू गर । प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् । डा.केसी इलाममा चार दिनदेखि १६ औँ आमरण अनसनमा छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिले गत बुधवार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरेपछि डा.केसीले १६औँ अनसन शुरु गरेका हुन् ।













