प्रधानसेनापति थापालाई भारतीय सेनाको महारथीको दर्ज्यानी चिन्ह प्रदान
वि.सं.२०७५ पुस २८ शनिवार १६:१५
4.99K
shares
shares

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा थापालाई भारतीय स्थल सेनाको मार्नाथ महारनथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सन् १०५० देखि दुबै देशका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहँदै आएको छ ।




























