प्रतिनिधिसभा बैठक : चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पेश

4.81K
shares

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ । आइतवार बसेको प्रतिनिधिसभा बैठकमा सभापति जयपुरी घर्तीले चिकित्सा शिक्षा विधेयकसम्बन्धी संसदको शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेश गरेकी हुन् । गत भदौ १३ गते बसको संसदको बैठकले चिकित्सा शिक्षा विधेयकमाथि प्राप्त संशोधनसहित दफाबार छलफलका लागि संसदको समितिमा पठाएको थियो ।

समितिले असोज ११ गते विधेयकमाथि परेका संशोधन र सरोकारवालासँग छलफल गरी प्रतिवेदन पेश गर्न १० सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले १५ वटा बैठक गरी शिक्षा तथा विज्ञान प्रविधिमन्त्री, संशोधन पेश गर्ने सांसद र विज्ञसँग छलफल गरी गत पुस २३ गते समितिलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनलाई गत पुस १५ गते बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले बहुमतले पारित गरेको थियो ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083