डा.केसीका माग पूरा नभए सडकदेखि सदनसम्म आन्दोलन गर्ने कांग्रेस नेता पौडेलको चेतावनी

4.21K
shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डा.गोविन्द केसीसँग भएको सहमति विपरित सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश गरेको भन्दै तत्काल विधेयक नसच्याए सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् । सोमबार कांग्रेस संसदीय दलको कार्यलय सिंहदरबारमा आकस्मिक पत्रकार सम्मेलन गर्दै नेता पौडेलले सरकारले आफूलाई समाजवादी सरकार भनेर दाबी गरेपनि सरकार गलत बाटोमा हिँडिरहेको आरोप लगाएका हुन्। ‘

तर सरकारलाई गलत बाटोमा हिँड्न हामीले दिँदैनौं,’ नेता पौडेलले भने। डा.गोविन्द केसी आफूसँग भएको सहमति विपरित सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक समितिबाट पारित गरी संसदमा पेश गरेको भन्दै इलाममा अनशनरत छन् । आफूसँग भएको सहमति कार्यान्वयन नभएसम्म अनशन जारी राख्ने डा.केसीको अडान छ । नेता पौडेलले मुलुकका दूरदराजमा मेडिकल कलेज खोल्ने मागलाई जायज भन्दै सरकारले केसीको माग सम्वोधन गर्नुपर्ने बताएका छन् । केसीको माग पूरा नभए आफूहरुले सडकदेखि सदनसम्म आन्दोलन गर्ने उनले चेतावनी दिए ।

यसैगरी नेता पौडेलले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या हुनुमा ठूलै मानिसको हात रहेको दाबी गर्दै अपराधीलाई तत्काल पक्राउ गर्न माग गरे। सरकारले वास्तविक हत्यारालाई जोगाउन निर्दोष व्यक्तिलाई पक्राउ गरेको भन्दै आपत्ति जनाए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083